Fast Nepal News

आमअनुमानभन्दा फरक मोड लिँदै देशको राजनीति

banner single news

काठमाडौं – चैत ११

काठमाडौं, आमअनुमान थियो– कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा वा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएमा केपी ओलीको सरकार ढल्छ । तर, अब देशको राजनीतिले यस्तो आमअनुमानभन्दा फरक मोड लिँदैछ ।

हिजो राजपा र उपेन्द्र यादवहरुले साकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीसँग १७४ सांसदको राम्रै बहुमत थियो । त्यसैले विश्वासको मत लिनुपर्ने कुरा उछालिएन । तर, अब त माओवादीको ढिक्कै अलग भयो  । अर्थात्, फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई ०७५ जेठ ३ अगाडिको अवस्थामा फर्किनु भन्दै यो सरकारलाई संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको गठबन्धन भनिसकेको छ । ७६ (१) को सरकार भनेको नेकपा हुँदा एकल पार्टीको थियो, तर २ मा गएपछि त्यो एमालेको मात्रै भयो, माओवादीको सरकार रहेन । शुरुमा धारा ७६ (२) अनुसार बनेको सरकार एमाले, माओवादीबीच एकता भएपछि ७६ (१) को भएको हो । २३ गते त्यसलाई अदालतले फुटाइदियो । अर्थात्, सत्तारुढ दल विभाजित भयो । यो स्थितिमा संविधानको धारा एक सयको उपधारा २ ले भन्छ, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’

Inside Article Ads

अदालतले फागुन २३ गते एमाले र माओवादीलाई अलग हुन भनेकै मितिलाई पहिलो दिन मान्दा चैत २३ मा ३० दिन पूरा हुन्छ । अहिले संसदले पर्खिएको त्यही दिनलाई हो । जबकि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको औपचारिक घोषणा गर्नुपर्छ भनिँदैछ । अब सरकारसँग विश्वासको मत लिनुभन्दा अर्को बाटो संविधानले दिएको छैन । जस्तो कि, धारा १०० को ‘विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था’ लाई हेरौँ । भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’ त्यसबमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने कुरा त्यहाँ लेखिएको छ ।

अहिले प्रधानमन्त्री ओली विश्वासको मत लिनैपर्ने यो प्रावधान छल्न ‘मलाई अविश्वास ल्याएर हटाऊ’ भनी विषयान्तर गर्दै छन् । अर्कातिर, फ्लोर क्रस गर्न सक्ने एमालेका सांसदलाई तर्साउन कारवाही गर्ने विशेषाधिकार पनि आफूमा निहित गरेका छन् ।आजको जनआस्थासाप्ताहिक समाचार छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.