Fast Nepal News

प्रधानमन्त्री ओलीको धम्किः सक्छौ भने हटाएर देखाऊ

banner single news

काठमाडौं – चैत १

काठमाडौं, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झालझेल र षड्यन्त्र गरेर कसैले आफूलाई हटाएमा १८ महिनापछि दुई तिहाइका साथ पुनः सिंहदरबारमा फर्कने उद्घोष गरेका छन् ।

अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले आफूलाई हटाउन विभिन्न खाले झालझेल, षड्यन्त्र र मोर्चाबन्दी भइरहेको बताउँदै कसैको हिम्मत भए हटाएर देखाउन चुनौती दिए ।

Inside Article Ads

‘कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, जालझेल गरोस्, षड्यन्त्र गरोस्, मोर्चा कसोस् तर २० महिनापछि हुने निर्वाचनमा सूर्य चिह्नधारी एमाले पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि सिंहदरबारमा प्रवेश गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै असन्तुष्टलाई केन्द्रीय कमिटीको बैठकमा आएर छलफल गर्न आह्वानसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले २०७३ सालमा पनि आफूलाई षड्यन्त्रपूर्ण रूपमा हटाए पनि त्यसको १९ महिनापछि आफू लगभग दुई तिहाइको मत लिएर सिंहदरबार फर्कन सफल भएको स्मरण गरे । प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रतिपक्षीमा बस्न कुनै समस्या नरहेको बताउँदै सरकारमा रहे देश बनाउने र प्रतिपक्षीमा रहे देश बनाउने तयारी गर्ने स्पष्ट पारे । ‘हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षीमा भए देश बनाउने तयारी गर्छौं ।

त्यसकारण हामीलाई त्यसको चिन्ता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी राजनीतिक प्राणी हौं । हाम्रो गन्तव्य जहिले पनि सत्ता सत्ता भन्ने होइन, हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो, देशको विकास हो । जनताको समस्या समाधान गर्दे अघि बढ्नु हो ।’प्रधानमन्त्री ओलीले आफू देश बनाउने अभियानमा रहँदा आफ्नै दलका नेताहरूले माकुराको जालो थाप्ने गरेको भए पनि ती सबै जालो चुडाउँदै आफू देश बनाउने अभियानमा होमिएको बताए । राजधानी दैनिकबाट

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.