Fast Nepal News

अझै सुरु भएन २९ जिल्लामा सदस्यता वितरण

banner single news

काठमाडौं – फागुन १९

काठमाडौं, नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अघि नबढेपछि छानबिन समितिले सक्रियता बढाएको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको सदस्यता छानबिन समितिको मंगलबार बसेको बैठकले सातवटै प्रदेशमा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न छानबिन समितिले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको थियो। तर नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा दुई÷दुईजना नेता पठाउनुपर्ने पक्षमा उभिएपछि समितिले पहिलो चरणमा आफ्नै सदस्यहरूलाई खटाएको हो।

Inside Article Ads

समितिको निर्णयअनुसार संयोजक लेखक सुदूरपश्चिम प्रदेश, कल्याण गुरुङ र योगेन्द्र चौधरी कर्णालीसँगै प्रदेश नम्बर पाँच, श्यामकुमार घिमिरे र प्रदीप पौडेल प्रदेश चार र वाग्मती प्रदेश, आनन्दप्रसाद ढुंगाना र जीवन परियार प्रदेश नम्बर एक र दुईमा जाने भएका छन्। नागरिक दैनिकबाट

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.