Fast Nepal News

काँग्रेसको प्राथमिकता महाधिवेशन कि चुनाव ?

banner single news

काठमाडौं  काठमाडौं, नेपलाी काँग्रेसले संसद विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको काँग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने कि नगर्ने ? कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरको थियो । तर अहिलेसम्म आन्दोलन उसकै लागि बाध्यता जस्तै बनेको छ ।

सडकमा संसद् विघटनको विरोधमा नारा लगाए पनि नेताहरुले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैनन् । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत प्रत्येक जिल्लामा फागुन ३ गते भएको विरोध प्रदर्शनमा नेताहरुले आगामी चुनावको प्रचारसमेत गर्न भ्याए ।

Inside Article Ads

काँग्रैस केन्द्रीय तहका नेताका अनुसार पार्टीभित्र उठेको संसद् विघटनको मद्दा चुनाव वा पार्टीको महाधिवेशन ? भन्ने प्रश्नसँग जेलिएको छ । सभापति शेरबहादुर देउवा समूह चुनावको सम्भावित नतिजालाई टेकेर पार्टीको बागडोर पुनः सम्हाल्ने उद्देश्यमा देखिन्छ भने इतर समूहले काँग्रेसभित्रको राज तोड्नका लागि चुनाव नभइ पार्टीको महाधिवेशनमा जानुपर्नेमा जोड गर्दै आएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.