काठमाडौं : युवा जागरण (सजगता) अभियानले प्रदेश संयोजकहरु नियुक्त गरेको छ । युवा जागरण (सजगता) अभियानको संगठन बिस्तार,नीति,योजना तथा कार्यक्रम संचलान गर्न अभियानका संयोजक चिन्तन पौडेलले बिज्ञप्ति जारि गर्दै प्रदेश संयोजकहरुको जिम्मेवारि तोकेका छन् ।
अभियानका संयोजक चिन्तन पौडेले सुदुरपश्चिम प्रदेश संयोजकमा ई.भुवन भट्ट, गण्डकी प्रदेश संयोजकमा सुशील तिमल्सेना, प्रदेश २ संयोजकमा संजिव कुमार यादव, कर्णाली प्रदेश संयोजकमा इश्वर वहादुर बिष्ट,प्रदेश १ संयोजकमा प्रेमिका रानामगर लाई जिम्मेवारी दिएका छन् ।