Fast Nepal News

अब बन्ने मन्त्रिमण्डलमा रक्षामन्त्री पोखरेल र अर्थमन्त्री खतिवडा नरहने

banner single news

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्नेगरी तयारी तिब्र पारेका छन् । आफ्नो नेतृत्वको सरकारको साढे दुई वर्ष पूरा हुँदा पनि काम गर्न नसकेको भन्दै चर्को आलोचना हुनेगरेको र नेकपाभित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन् ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेसँगै मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र धाउने नेताहरूको क्रम बाक्लिएको छ । केहि नेताहरूले नेतृत्वलाई प्रभावमा पार्नको लागि बिभिन्न ब्यापारी र बिचौलिया मार्फत पनि लबिङ गरिरहेको खबर प्राप्त भएको छ ।

नेकपाभित्र झण्डै दुई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री ओलीले पहिलो चरणमा मन्त्री भएकासहितलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषद‍मा ल्याउने तयारी थालेको बताइएको छ ।

मन्त्रीहरू हेरफेर र शक्ति संघर्ष मिलाउनका लागि प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्व तहमा छलफल सुरु भएको नेकपा नेताहरुले बताउन थालेका छन्।

कुन कुन मन्त्री बाहिरिन्छन ?

नेकपाका एक नेताका अनुसार सुरुमा नियुक्त गरिएका केहि मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेका छन् भने पछिल्लो समय नियुक्त गरिएका कार्यसम्पादन राम्रो नभएका केहि मन्त्रीहरू पनि हटाउने तयारी गरिएको छ ।

हट्ने मन्त्रीको लिस्टमा सर्वप्रथम वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा र खानेपानी मन्त्री बिना मगरको नाम रहेको बताइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, ओली नेतृत्वको क्याबिनेटमा सुरु देखि नै छन्। स्रोतका अनुसार उनिहरू मध्य दुई जना मात्र मन्त्रीले निरन्तरता पाउनेछन् ।

यसपटक ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई पनि शक्तिसंघर्षको कारण प्रधानमन्त्री ओलीले गुमाउने निश्चित बनेको स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री ओलीले भने यी मध्ये कम्तिमा एक जनालाई जोगाउन जोडबल गरिरहेका छन् तर, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका कारण यी दुवै जना रहने छैनन् ।

अर्थमन्त्री युवराज खतिवडालाई पनि प्रधानमन्त्री ओलीले गुमाउने भएका छन् । यसैपनि उनलाई राजीनामा नगराए राष्ट्रियसभामा पुनस् मनोनित नभए उनको पद यही भदौ २० गतदेखि सकिँदैछ।

Inside Article Ads

संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान अन्तरगत उनी गत फागुन २० गते मन्त्री नियुक्त भएका थिए। उनका कारण सरकारकै बदनाम भएको र विभिन्न व्यापारीको स्वार्थमा लागेर बजेटमै पक्षपात गरेको आरोप समेत खतिवडालाई लाग्नेगरेको छ ।

को को हुँदैछन् नयाँ मन्त्री ?

नेकपाका शिर्ष नेताहरूले नयाँ नियुक्त गर्ने मन्त्रीहरूको पनि करिवकरिव नाम टुंगो लगाएको स्रोतले दाबी गरेको छ । जसअनुसार अहिले कार्यदलमा भएका केहि नाताले मन्त्री पद पाउने पक्का भएको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्। शंखर पोखरेल ५ नम्बर प्रदेशका मुख्यमन्त्री हुन् बाँकी पाँचै जना सांसद छन्।

महासचिव पौडेलले अर्थ मन्त्रालयमा आँखा लगाएका छन् भने प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री भट्टराईलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा पुगेका स्रोत बताउँछ।

यस्तै नयाँ बन्ने मन्त्रीहरूमा कुनै नयाँ सहमति नथपिएको खण्डमा देवेन्द्र पौडेल, अमनलाल मोदी समेतको नाम टुंगो लागेको स्रोतले बताएको छ । ओली पक्षका केहि नेताहरूको भने नाम गोप्य राखिएको बताइएको छ ।

नेकपाको शक्ति संघर्षका कारण नयाँ बन्ने मन्त्रीमण्डलमा दुई उपप्रधानमन्त्री थपिने नेकपा वृतमा चर्चाको बिषय बनेको छ । जसमा दुबैजना राष्ट्रियसभाबाट जाने भएका छन् ।

थपिने उपप्रधानमन्त्रीमा अर्थमन्त्री खतिवडालाई राजिनामा गराएर पार्टी उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने र उपप्रधानसहित एक मन्त्रालयको जिम्मा दिने र पछिल्लो पल्ट पोखराबाट राष्ट्रिय सभामा निर्वाचित बनेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लैजाने चर्चा छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.