Fast Nepal News

नेपाली काँग्रेसले आज (बिहीबार) ४५ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

banner single news

काठमाडौं, पुस १६ – नेपाली काँग्रेसले आज (बिहीबार) ४५ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। मेलमिलाप दिवसको अवसरमा काँग्रेसका सबै जिल्ला कार्यसमितिले सम्बधित जिल्लामा विभिन्न कार्यक्रम गर्दैछन्। काँग्रेसका भ्रातृ तथा शुभेच्छु संस्थापाले पनि विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छन् ।

मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ। यसपटक काँग्रेसले राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको संसद विघटनको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने जनाएको छ।काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने छ ।

आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ। कार्यक्रमका प्रमुख वक्ताका रुपमा सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरी छन्।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

Inside Article Ads

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल पठाइएको थियो।त्यसपछि २०२५ सालमा बिपीसहितका काँग्रेस नेता भारत प्रवासमा गएका थिए। तर मेलमिलापको नीति बोकेर नेपाल आएका बिपीसहितका काँग्रेस नेतालाई तत्कालीन पञ्चायतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ।कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.