Fast Nepal News

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : नेकपा प्रवक्ता ज्ञवाली

banner single news

काठमाडौँ — पुस १०, २०७७। (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताउनुभएको छ । नेकपाको हिजो बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिनुभएको थियो । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पार्नुभएको छ । “प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो”, उहाँले भन्नुभयो ।

उहाँले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताउनुभयो । बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ । उहाँले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पार्नुभयो । “जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो”, उहाँले भन्नुभयो, “उहाँहरुलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस् ।”

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताउनुभयो । “अहिले नेकपा पार्टी विभाजन भएको छैन । संसदमा ६४ प्रतिशत सांसद् रहेको दल अहिले पनि रहेको छ । उनीहरुले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ”, प्रवक्ता ज्ञवालीले भन्नुभयो । उहाँले विघटन भएको संसद्भित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने बताउनुभयो । प्रवक्ता ज्ञवालीले अहिले प्रदेश सरकारबारे केही सोच नबनाएको समेत स्पष्ट पार्नुभयो ।

Inside Article Ads

यस्तै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले पार्टी नफुटोस् भन्ने पक्षमा आफू रहेको बताउनुभयो । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका कतिपय काम दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई सर्वोच्च अदालले समर्थन गर्छ भन्ने विश्वास प्रधानमन्त्रीमा रहेको स्पष्ट पार्नुभयो । “सर्वोच्च अदालते के गर्छ पर्खौं, तर प्रधानमन्त्रीको ताजा जनादेशमा जाने जुन प्रयोग गर्नुभएको छ, त्यसलाई सर्वोच्च अदालतले समर्थन गर्छ भन्ने विश्वास उहाँको रहेको छ”, नेवाङले भन्नुभयो ।

उहाँले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पार्नुभयो । “एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए । यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ । पाँच वर्षअगाबै संसद् विघटन गर्छांै भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ”, उहाँले भन्नुभयो, “हामीले बहुमत हँुदाहँुदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ ।” उहाँले पार्टी फुट्दा जनतालाई दुःख दिने काम कसले ग¥र्यौं, हामीले ग¥यौ कि अरुले ग¥र्यौं त्यसको छिनोफानो र सजाय जनताले दिनेसमेत बताउनुभयो ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.