Fast Nepal News

साझा र विवेकशीलको पुनर्मिलन

‘भर्चुअल’ माध्यमबाट एकता घोषणा हुने

banner single news

मंसिर, काठमाडौं । नेपाली राजनीेतिको वैकल्पिक शक्ति बन्ने सपना बोकेर हिँडिरहेका दुई साना पार्टी साझा र विवेकशील नेपाली एक भएका छन् । ‘भर्चुअल’ माध्यमबाट एकता घोषणा हुने भएकाे छ ।

पहिलेजस्तै दुवै बराबरी हैसियतका अध्यक्ष बन्ने गरी प्रारम्भिक सहमति जुटेकाे वताइएकाे छ ।

मिश्र पहिलो वरियतामा रहने गरी अध्यक्ष र मिलन संयोजक हुने गरी नयाँ सहमति गरिएको छ । नाम फरक भए पनि अध्यक्ष र संयोजक दुवै पदले उस्तै हैसियत राख्ने हुदा समस्या अाउन सक्ने िवश्लेसकहरू वताउछन् । एकीकृत पार्टीमा अध्यक्ष र संयोजक दुवै कार्यकारी हुने भनिएको छ । यस सम्वन्धमा साझा र विवेकशील पार्टीका नेताहरुको भनाइमा अहिले पनि थोरै विरोधाभाष देखिन्छ ।

Inside Article Ads

साझा पार्टीका नेताहरु मिश्रले पार्टीको नेतृत्व गर्ने र पाण्डे ‘सेकेन्ड म्यान’ का रुपमा रहने भन्ने खालको ब्याख्या गरिरहेका छन् । उता विवेकशीलका नेताहरु चाहिँ अध्यक्ष ‘सेरेमोनियल’ जस्तो हुने र संयोजक शक्तिशाली हुने गरी अधिकारको बाँडफाँड हुने दावी गर्छन् । यो विरोधाभासले निकट भविष्यमा नै पार्टीभित्र किचलो उत्पन्न हुने नेताहरूले िवश्लेषण गरेका छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.