Fast Nepal News

कांग्रेस सत्तामा जादैन जनता बिच जान्छ। ः नेता पाण्डे

banner single news

अर्घाखाँची– नेपाली कांग्रेसका केन्दीय सदस्य प्रमुख अतिथि बालकृष्ण पाण्डेले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता साझेदारी बनेर सरकारमा नजाने बताउनुभएको छ । भ्रष्टचार काण्डमा चुलुम्म डुबेको केपी ओली सरकारसँग सरकारमा नजाने उहाँले बताउनुभयो । आब हामी सबै जन्ता बिच जान तयार रहन सबैलाइ तयार रहन भनेका छन
नेपाली कांग्रेस अर्घाखाँचीको बैंठकलाई सम्बोधन गर्दै नेता पाण्डले दुई तिहाइको सरकारले जनतालाई अभाव, समस्या र पीडा दिएको बताउनुभयो । दुई तिहाइको मतलाई नेपाल कम्युनिष्ट पाटीका शीर्ष नेता आपसी कुर्चीको झगडामा रुमल्लिएर जनताप्रति जिम्मेवार नभएको बताउनुभयो । देश र जनताको भरोसाको एक मात्र पाटी नेपाली कांग्रेस भएको बताउनुभयो । अब हामी सबै एक्ता भयेर संगठन बिस्तारमा लाग्न सबैलाइ आग्रह गर्नु भयो।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले पाटी संगठन गुणात्मक रुपमा अगाडी बढेकाले आउँदो निर्वाचनमा पहिलो पाटी बन्न कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले गाउँको हरेक विकास निर्माणमा सहभागी हुन कांग्रेस कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।
गाउँ, वडा, नगरबाट आएका पाटी क्रियाशिल सदस्यतालाई जिल्लाले समर्थन गरी अनुमोदनका लागि पाटी केन्दीय कार्यालयमा पठाउने निर्णय गरेको छ । कोभिड–१९ का कारण अर्घाखाँची जिल्लामा मृत्यु भएका १० जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै कोरोनाको कारण विरामी भएकालाई स्वास्थ्यलाभको कामना गर्दै कोरोना संक्रमणको बेला सतर्क रहन कांग्रेसले आग्रह गरेको छ । यसैबीच गंभिर विरामी भई काठमाडौस्थित अस्पतालमा उपचाररत छत्रदेव गाउँपालिका–६ ठुलापोखरा सभापति खडानन्द पौडेल, खिल्जीका तेजेन्द्र बेल्वासे र सिद्धाराका पुष्करनाथ पोखरेललाई उपचार खर्च उपलब्ध गराउने निर्णय भएको कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताउनुभयो । बैठकले संगठन विस्तारलाई गति दिने, आउँदो अधिवेशनलाई व्यवस्थित बनाउने लगायतका निर्णय गरेको छ ।
बैंठकमा कांग्रेस पूर्वजिल्ला सभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भु्साल, उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, सितगंगा नगर सभापति मोती बेल्वासे, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमछत्रदेव गाउँपालिका सभापति बाल कृष्ण पोखरेल भुमिका स्थान नगर पालिकाक सभापति अशोक श्रेष्ठ पाणिनि गाउँपालिका सभापती बिस्नु रिजाल जिल्ला कार्यसमितिका सदस्य, भातृ तथा शुभेच्छुक संघका सभापति तथा प्रतिनिधि महासमिति सदस्य महा अधिबेशन प्रतिनिधि एवं कांग्रेस जिल्ला स्तरीय नेताको उपस्थित रहेको प्रचार विभाग प्रमुख माधव पौडेलले जानकारी दिनुभएको छ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.