नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ चोगदे र गैह्रीखर्क निवासी विश्व बिश्वकर्मा र सन्त बहादुर तामाङ नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नुवाकोटबाटै निर्वाचित प्रदेशसभाका सांसद बद्री मैनालीले खादा लगाई स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेकपा सुर्यगढी गाउँपालिका अध्यक्ष राजेन्द्र रिजाल, रमेश बिक, राम बहादुर तामाङ, राजु नेपाल लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
विकास निर्माण र जनताको पक्षमा सक्रिय रहँदै आएका सांसद् मैनालीले केही समयको अन्तरमा नेपाली कांग्रेस परित्याग गरेका नेतालाई नेकपा प्रवेश गराउँदै आएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपाले ६ वटै क्षेत्र जितेको छ ।
४ माघ २०८१, शुक्रबार
TRENDING
Visited 5 times, 1 visit(s) today
यो पनि पढ्नुस