Fast Nepal News

१६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालसँगै

banner single news

१६ फागुन, काठमाडौं – ७ दलीय गठबन्धनमा नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एमालेका मन्त्रीहरुले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिनुभएको छ।

एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरूलाई फिर्ता बोलाइसँगै उक्त मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्री प्रचण्डको काँधमा आएको छ।

Inside Article Ads

राप्रपाले ऊर्जा, सहरी विकास र कानून मन्त्री पदबाट राजीनामा दिएको छ।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापतिलाई गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि स्वास्थ राज्यमन्त्री,शिक्षा ,श्रम तथा रोजगार मन्त्री पदबाट राजीनामा दिँदै सरकारबाट बाहिरिएको छ।मन्त्रीहरुको राजीनामा र सरकार फेरबदल हुने क्रममा मन्त्रीपरिषद्ले पूर्णता पाउन सकिरहेको अवस्था छैन।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.