
१५ फागुन,काठमाडौं-नेकपा एमालेका मन्त्रीहरुले आज सामुहिक रुपमा राजीनामा दिएका छन्।सात दलीय गठबन्धन सत्तागठबन्धनमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेका हुन्।
नेकपा एमालेको समर्थनमा बनेको सात दलीय गठबन्धन नेतृत्वको सरकारबाट नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।अब प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले केही दिनमा नेपालको कानुनबमोजिम संसदबाट विश्वासको मत लिनुपर्ने भएको छ ।यदि प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा संविधान बमोजिम प्रधानमन्त्री बन्नेछन्।
