Fast Nepal News

अल्पमतमा प्रचण्ड नेतृत्वको सरकार

banner single news

१५ फागुन,काठमाडौं-नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा ‘प्रचण्ड’ नियुक्त भएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्नेछ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

Inside Article Ads
Visited 29 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.