Fast Nepal News

माधवको ईश्वर पोखरेललाई नयाँ शर्त : नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्छु

banner single news

११ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

काठमाडौंमै भएको भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएको श्रोतले जनाएको छ ।

‘भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भयो’ माधव निकट स्रोतले अनलाइनखबरलाई भन्यो, ‘अध्यक्षज्यूले नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्न तयार रहेको बताउनुभयो ।’

Inside Article Ads

सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।

समाचारलाई रातोपाटीले प्राथमिकताका साथ प्रकाशित गरेको छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.