Fast Nepal News

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बोलायो

banner single news

११ फागुन,काठमाडौं-राष्ट्रपति निर्वाचन नजिकिदैं जादा राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनको बारे छलफल गर्ने भएको छ। राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने आगामी रणनीति तय गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.