
१० फागुन,काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपतिको उम्मेदवारका विषयमा संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादको ढोका खुला राख्ने निर्णय गरेको छ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सकेसम्म राष्ट्रिय सहमति गरेर सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको बताउदैं सकेसम्म सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्ने पार्टीको धारणा भएको बताउदैं यदि राष्ट्रिय सहमति हुँदैन भने हामी सम्भावित समीकरणका लागि सबै दलसँग छलफल गर्न तयार हुने बताउनुभयो।
