Fast Nepal News

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

banner single news

८ फागुन ,काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । नेताहरुका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो पदाधिकारी बैठक बोलाइएको हो ।

यसै महिनाको अन्तिम साता हुने राष्ट्रपति निर्वाचन लगायतका विषयमा बैठकमा छलफल हुनेछ । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्दा पुस १० मा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस सुरु भएको हो ।

एमालेले पुस १० को सहमति कार्यान्वयनमा अडान लिइरहेको छ भने माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएको छ ।

Inside Article Ads

नेपाली कांग्रेसका शीर्ष नेताहरुले हिजो साँझ राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्रीले पार्टीमा छलफल गरेर निर्णय दिने बताउनुभएको थियो । यस अर्थमा पनि आजको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.