
सुजन बिसी / समाचार लेखक
७ फागुन ,काठमाडौं-आज फाल्गुन ७ अर्थात् प्रजातन्त्र दिवस। प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बाट देशभरका कैदीबन्दी मध्ये तोकिएको सजाय भन्दा ५०% कैद भुक्तान गरेकालाई बाँकी कैद मिनाहा र केही कैदीहरूलाइ चाहिँ आम माफी दिने प्रचलन रहेको छ। यहि कारागार नियमावली लाई मध्यनजर गर्दै कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आम माफीमा रिहा भएका छन्।
उहाँ कैलाली कारागारमा कैद भुक्तान गरिरहेको हुनुहुन्थ्यो। यसरी उहाँको स्वागत गर्नलाइ कार्यकर्ताको बाक्लो उपस्थिति थियो।यसै गरी नेपाल अधिराज्यभरी ३९५जना कैदीहरूको बाँकी सजाय मिनाहा भएको छ। उहाँ चौधरी १८ दिन कारागारमा बस्नुभएको थियो। राजनीतिक दलका कैदीहरूलाइ रिहाइ गर्दा पनि मन्त्रिपरिषद्को निर्णयमा नागरिकले सर्वाधिक आलोचना गर्ने गर्दछन्।
Visited 8 times, 1 visit(s) today
