Fast Nepal News

चितवन क्षेत्र नंम्बर २ मा उपनिर्वाचन गराउन रास्वपाको सभापति लामिछानेको सरकारलाई आग्रह

banner single news

२९ माघ, काठमाडौँ-आज सत्तारुढ दलका नेताहरुबीच बसेको उच्च संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले चितवन क्षेत्र नंम्बर २ मा उपनिर्वाचन गराउन सरकारलाई आग्रह गर्नुभएको छ।

उच्चस्तरीय संयन्त्रको आजको बैठकमा सत्तारुढ दलका नेताहरुबीच भएको कुराकानीमा चितवन क्षेत्र नंम्बर २ को चुनाव गराउन रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो। सांसद बिहिन क्षेत्र भएको चितवन क्षेत्र नंम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले उपनिर्वाचन लड्ने तयारी गरिरहेका छन्।

Inside Article Ads

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतले फैसला गरेपछि सांसद पदमुक्त भएका थिए।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.