
२८ माघ, काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता बामदेव गौतमले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलनमा सञ्चारक्षेत्र र विभिन्न नेताहरुलाई प्रशंसा र गाली गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति व्यक्त गर्नुभएको छ।
सबैलाई गाली गरेर नेता नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाली गर्ने शैली अबलम्बन गरेको समेत आरोप लगाउनुभयो।
