
२६ माघ, काठमाडौँ- नेकपा एमाले केन्द्रीय नेताहरुको बैठक आज बसेको छ। एमाले पार्टीको बैठकले हाल सात दलीय गठबन्धन जटिल अवस्थामा पुगेको निष्कर्ष निकालेको छ।
नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने अडान कायमै राखेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि सरकारबाट बाहिरिएको छ। यसैगरी जनता समाजवादी पार्टी सरकारमा सहभागी हुन मानिरहेको अवस्थामा छैन।
राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको हुनाले सत्ता गठबन्धन भित्र प्रमुख भूमिका निर्वाह गरेको नेकपा एमालेले गठबन्धन जटिल अवस्थामा पुगेको बताएको छ। सत्ता गठबन्धनको साझेदारी दलले राखेको शर्तहरुलाई पूरा गर्दै सत्ता साझेदारी दलहरुबीच छलफल, सहकार्य अघि बढाएर सरकार सञ्चालन गर्दा सत्ता गठबन्धन दुर्घटनामा जानबाट जोगिने निष्कर्षमा नेकपा एमालेको बैठकले निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ।
Visited 29 times, 1 visit(s) today
