
२२ माघ, काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गर्नुभएको छ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै शर्माले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताउनुभयो। ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ। नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्ने धारणा समेत शर्माले प्रकट गर्नुभयो।
