Fast Nepal News

सत्ता साझेदार दलहरुबीच एकता कायम राख्ने प्रधानमन्त्रीको प्रतिवद्धता

सत्ता साझेदार दलहरुबीच एकता कायम राख्न फेरि छलफल गर्ने र समस्याको हल गर्नेतिर नै जाने प्रधानमन्त्री दाहालको भनाई

banner single news
 २२ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन गर्दै गृहमन्त्रालयको जिम्मेवारी नपाएको बताउँदै सरकारबाट बाहिरिएको छ।

 

सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुबीच एकता कायम राख्ने प्रधानमन्त्रीको प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ।

 

रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताउँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पूरै निर्णय हेर्न नपाएको जानकारी दिनुभयो। सत्ता साझेदार दलहरुबीच एकता कायम राख्न फेरि छलफल गर्ने र समस्याको हल गर्नेतिर नै जाने प्रधानमन्त्री दाहालको भनाई छ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.