Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

राष्ट्रिय स्वतन्त्र पार्टीको मन्त्रीहरुले आजै पदबाट राजीनामा दिने

banner single news

२२ माघ, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको र संसदीय समितिको बैठकको संयुक्त निर्णय अनुसार आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।प्रधानमन्त्रीले अदालतको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालयको जिम्मेवारी नदिने अडानबाट पछि नहटेको कारण पार्टीको आईतबार बसेको बैठकको संयुक्त निर्णय अनुसार सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुको भनाई छ।

Inside Article Ads

पार्टीले पत्रकार सम्मेलन गर्दै सरकारबाट बाहिरिने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आज नै मन्त्री पदबाट राजीनामा दिने भएको छ।

 

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.