Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदहरु आजको संसदको बैठकमा अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेताहरु सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न सुन्धारा पार्टी कार्यालयमा व्यस्त भएका छन्।

banner single news

२२ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदहरु आज संसदको बैठकमा अनुपस्थित भएका छन्। राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक, सामाजिक, समसामयिक विषयमा संसदमा छलफल गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेताहरु सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न सुन्धारा पार्टी कार्यालयमा व्यस्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकारमा बस्ने कि सरकारबाट बाहिरिने भन्ने विषयमा बैठकमा छलफल चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेताहरुले बताएका छन्। गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपा सरकारमा रहन्छ कि रहँदैन भन्ने विषयलाई सबैले चासोका साथ हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महत्वपूर्ण निर्णय भने आउन नै बाँकी छ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.