
२२ माघ, काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदको बैठकमा सम्बोधन गर्नुभएको छ। संसदको बैठकमा सम्बोधन गर्दै ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु आफ्नो स्वार्थपूर्तिका लागि भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
सत्ता बाहिर रहदाँ सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स्वार्थप्रति ओलीले टिप्पणी गर्नुभएको छ। अहिले सत्ता प्राप्ति नभएको कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पानी बिनाको माछा जस्तो भएको ओलीको भनाई छ।
Visited 18 times, 1 visit(s) today
