Fast Nepal News

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका बारे छलफल हुने

banner single news
२१ माघ,काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज ललितपुरको बालकुमारीमा सुरु भएको छ। आज शनिबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहने र बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन्।
प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजना र रणनीति निर्माणमा पनि छलफल हुने नेकपा एकिकृत समाजवादीका नेताहरुको भनाई छ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.