
१९ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी आज नै सरकारबाट बाहिरिने भएको छ। पार्टी सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा जिम्मेवारी नपाएपछि सरकारबाट बाहिरिने मुडमा पुगेका छन् ।
प्रधानमन्त्री दाहाल आफ्नो अडानबाट टसमस नभएपछि लामिछाने अब सरकारबाट बाहिरिने मुडमा पुगेका छन् । उनले आजै त्यसको संकेत गरेका छन् । अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।
