Fast Nepal News

रवि बिनाको संसद शून्य -सांसद डां तोसिमा कार्की

banner single news

१९ माघ, काठमाडौँ -नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्री डां तोसिमा कार्कीले आफ्नो पार्टी सभापति रवि लामिछाने बिनाको संसद शून्य भएको महशुस गरेको बताउनुभएको छ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी सभापति संसदभित्र नहुँदाको अवस्थामा संसदमा आफूलाई महत्वपूर्ण व्यक्ति संसदमा गुमेको अवस्थामा आफूलाई पाएको बताउनुभयो। गत माघ १३ गते नागरिकता विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलाई संसद हुन अयोग्य भएको फैसला सुनाएको थियो।

Inside Article Ads

सर्वोच्च अदालतको फैसलापछि संसद, उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति पद गुमाएका लामिछानेले माघ १५ गते आईतबार नेपालको नागरिकता प्राप्त गरेका थिए। नेपालको नागरिकता प्राप्त गरेपनि चितवन २ मा उपनिर्वाचन हुने भएपछि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने उपनिर्वाचनको प्रतीक्षामा रहेका छन्।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.