Fast Nepal News

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने अडानबाट ब्याक भए

banner single news

१८ माघ , काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने अडानबाट ब्याक भएका छन् । पछिल्लो समय लामिछानेको नागरिकतासम्बन्धी फैसला आएपछि र रविले नागरिकता पूनः प्राप्ति गरेसँगै नेपाली राजनीतिमा नयाँ मोडबाट गुज्रिएको छ । लामिछानेले नागरिकता प्राप्त गरेपछि आफूलाई नै गृहमन्त्री बनाउन लविङ थालेका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने कुनैपनि हालतमा लामिछानेलाई अब गृहमन्त्री बनाउन नसकिने अडान लिएका छन् । लामिछानेलाई तत्काल गृहमन्त्री बनाउन ओलीले पनि दबाब दिएका थिए । तर, दाहालले ओली र लामिछाने दुवैलाई आफूले गृहमन्त्रालय माओवादीमै राख्न चाहेको स्पष्ट जवाफ दिएका छन् । आजको भेटमा ओलीले भने रविलाई गृहमन्त्री बनाउने अडान नलिएको बुझिएको छ । उनले आज प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे केन्द्रित रहेर बहस गरेको बुझिएको छ ।

Inside Article Ads

ओलीसँगको भेटलगत्तै प्रधानमन्त्री दाहालले आजै गृहमन्त्री माओवादीबाट नियुक्त गर्नेगरि तयारी थालेका छन् । उनले अहिले वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङसँग परामर्श गरेका छन् । रविले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने भनेर हिजै चेतावनी दिएका थिए ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.