
१४ माघ, काठमाडौँ-नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले हालेका मागहरु पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउनुभएको छ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले शनिबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाई नगरेसम्म संघ र प्रदेश कतै पनि सरकारमा सहभागी नहुने बताउनुभएको हो।
सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान सक्ने उहाँको भनाई छ ।
