
१३ माघ, काठमाडौँ- सर्वोच्च अदालतको फैसलापछि सभापति पदबाट रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको छ।
सर्वोच्च अदालतको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले श्रम मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो।
