
१३ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति रवि लामिछानेको सांसद र मन्त्री पद गुमेपछिको विषम परिस्थितिलाई मध्यनजर गर्दै शनिबारदेखि अर्को सूचना नआएसम्मका लागि सबै कार्यक्रम स्थगित गर्ने सूचना जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय पढ्नुहोस्।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७९/१०/१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरु विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ,’ सूचनामा लेखिएको छ,’साथै पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुनसमेत हार्दिक अनुरोध गर्दछौं ।’
