
१३ माघ, काठमाडौँ-असार १ गते ग्यालेक्सी टिभीमा पत्रकारिता क्षेत्रबाट सन्यास लिदै असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे।
नयाँ पार्टी गठन गरेपछि पत्रकारितासँगै राजनीतिमा आफ्नो प्रहिचान दिलाउन सफल भएका लामिछानेले असोज २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नंम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए।
मंसिर ४ गतेको आसन्न निर्वाचनपछि मतगणनाको परिणाम आएपछि मंसिर ८ गते भारी मतले निर्वाचनमा विजय हासिल गरे। यसैगरी पुष ४ गते रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्न सफल भए।
संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै पुष ११ गते रवि लामिछाने नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद प्राप्त गरी सरकारमा सहभागी हुन सफल भए। नागरिकता मुद्दामा सुनुवाई सम्पन्न भएलगत्तै आजको सर्वोच्च अदालतको फैसलाले रवि लामिछानेलाई सांसद मन्त्री हुन अयोग्य भएको फैसला आएपछि सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टी र सरकारबाट बहिर्गमन भएका छन्।
