Fast Nepal News

नेकपा माओवादी केन्द्रको बैठकमा भावी राष्ट्रपति बारे चर्चा

banner single news

१२ माघ, काठमाडौँ नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारे छलफल भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने छलफल भएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मिश्रित संसद रहेकाले संसदको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने बताउनुभयो। ‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने माओवादी केन्द्रमा छलफल भएको पौडेलको भनाई छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.