
५ माघ, काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताउनुभएको छ।
संसदमा सम्बोधन गर्दै सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दल भएकोले संघीय कानून बमोजिम नेमकिपा नै कानून बमोजिम विपक्षी दल भएको दाबी गर्नुभएको छ।
कांग्रेस सरकारको सहयोगी दल रहेको भन्दै कांग्रेस विपक्षी दलको हैसियतमा रहन नसक्ने सांसद प्रेम सुवालले बताउनुभयो।
