
३० पुष, काठमाडौँ -पूर्व एमालेका नेता घनश्याम भुसाल नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। एमाले पार्टीप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिदै प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका उनी निर्वाचन सकिएलगत्तै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।
२०५४ सालमा एमाले फुटाएर माले पार्टी बनाउन सक्रिय भूमिका खेलेका घनश्याम भुसाल एमालेमा फर्किए पनि कहिल्यै पार्टी र नेतृत्वको प्राथमिकतामा पर्न असफल भए। २०७७ फागुन २३ मा अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई एमाले र माओवादीको पुरानै अवस्थामा फर्काइदिँदा उनले माधव नेपाल समूहलाई छोडेर अध्यक्ष ओलीसँगै रहने सम्झौता गरे । उनलाई खबरै नगरी महाधिवेशन आयोजक कमिटी बनाउँदा पनि सहेर बसे।
तर प्रतिनिधिसभा निर्वाचनमा ओलीले भुसालको क्षेत्र राप्रपालाई दिने समझदारी गरेपछि भने भुसालले मन भाँचियो र उनी एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णयमा पुगे। नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने निर्णय गर्दै पार्टी प्रवेश गरेका नेता अबको भुसालको राजनीति कस्तो हुन्छ त्यो भने हेर्न नै बाँकी छ।
Visited 16 times, 1 visit(s) today
