
२६ पुष, काठमाडौँ -राष्ट्रिय एकता दिवस अथात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि पुष २७ गते जलपान समारोहको आयोजना गरेको छ।


दिउँसो १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँको भुकृटीमण्डपमा जलपान आयोजनाको समारोह गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिंगदेनले बताउनुभयो। यसैगरी राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निमन्त्रणा गरेको जलपान समारोहमा सबैलाई उपस्थित हुन समेत राप्रपा अध्यक्ष लिंग्देनले आग्रह गर्नुभएको छ।
Visited 30 times, 1 visit(s) today
