
२४ पुष, काठमाडौँ -चैत ५ गते स्ववियु चुनाव घाेषणा भएसँगै विद्यार्थी संगठन आफ्नो आफ्नो क्याम्पसमा तिव्र रुपमा तयारीमा लागेको छ। देशको मानविकी संकायको ठूलो क्याम्पस आर आर क्याम्पसमा २०६३ सालदेखि निरन्तर अनेरास्ववियु जित हासिल गर्दै आएको छ।क्याम्पसमा २०७३ साल बाट २ ,२ वर्षमा स्ववियु हुन सकेका छैन , अनेरास्ववियु जित्ने भन्दै रत्नराज्यलक्ष्मी क्याम्पसको ६ जना विद्यार्थी नेताहरुले टिकटका लागि लबिङ र विद्यार्थी माझ जान थालिसकेको छन् । रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी माझ सभापति टिकटको लागि ६ विद्यार्थी नेताहरुले दाबेदारी प्रस्तुत गरेका छन् ।
अनेरास्ववियु विद्यार्थी राजनीतिमा सक्रिय भएर लागेका विद्यार्थी नेता मदन भण्डारी, दिलिप खड्का,धर्म न्यौपाने, उज्ज्वल खड्का,राज न्यौपाने, गगन सिंह बस्नेत रहेका छन्। अनेरास्ववियु विद्यार्थी संगठनमा विद्यार्थीको हकहितको लागि उहाँहरुले निर्वाह गर्नुभएको भूमिका हामीले क्रमशः प्रस्तुत गरेका छौँ।
१.मदन भण्डारी

२०७० सालमा क्याम्पस प्रवेश गरेको भण्डारी अनेरास्ववियु आर आर क्याम्पस कमिटी अध्यक्ष हुन् ।सबैभन्दा पुरानो र लामाे समय आर आर क्याम्पसमा बिताएको भण्डारी २०७३ सालमा भएको स्ववियु सदस्यमा निर्वाचित भएका थिए। उनलाई सबैभन्दा बलियो उम्मेदवार रुपमा हेरिरहेको छ ।

२०७२ सालमा क्याम्पस प्रवेश गरेको खड्का अनेरास्ववियु क्याम्पस कमिटी सदस्य हुदै विद्यार्थी काम गरेर स्थापित भएको नेताको रुपमा परिचित छन् उनी पनि आर आरलाई परिवर्तन गर्ने परिस्थिति साथ सभापति रुपमा आफुलाइ मैदानमा प्रस्तुत गरेको छन् ।
३. धर्म न्याैपाने

अनेरास्ववियु केन्द्रीय सदस्य समेत रहेका न्याैपाने विद्यार्थी माझ राम्रो छवि सबैसँग घुलमिल हुने सक्ने निकै शालिन भएको नेताको रुपमा परिचित छन् उनी पनि सभापति लागि लबिङ गरिरहेका छन्।
४ .उज्ज्वल खड्का

समुह निर्माण मायुर रहेका खड्का अनेरास्ववियु क्याम्पसकाे स्थापित नेता हुन् ।संसद विघटन हुदा स्ववियु सभापति माधव प्रचण्ड एकातिर हुदा अनेरास्ववियु नेतृत्व गरेका खड्का संगठन चलायमान बनाएको थिए।अहिले संगठन नेतृत्व गर्ने भनेर सभापति लागि तिव्र रुपमा लागिरहेका छन् ।
५ .राज न्याैपाने

शालिन र इमानदार छवि भएको न्याैपान विद्यार्थी काम गरेर स्थापित भएको नेता हुन् उनी पनि संगठनले आफुलाई न्याय गर्नु पर्दछ भनेर सभापति लागि लबिङ गरिरहेका छन् ।
६ .गगन सिंह बस्नेत

पछिल्लो समय क्याम्पसमा निकै खटिने र विद्यार्थी माझ राम्रो समुह निर्माण गर्ने माहिर भएको बस्नेत पुस्ता हस्तान्तरण विषयलाई लिएर तिव्र रुपमा लागेका छन्। अनेरास्ववियु संगठन अध्यक्ष रुपमा हेरिएता पनि उनी सभापति आफ्नो व्याजले पाउदा अाफु नछाड्ने मनस्थितिमा छैनन्।
रत्नराज्यलक्ष्मी क्याम्पस अनेरास्ववियुका ६ विद्यार्थी नेताहरुले सभापति टिकटको प्रतिक्षामा रहदै विद्यार्थी माझ आफ्नो एजेण्डा प्रस्तुत गरेका छन्।ती ६ प्रभावशाली नेताहरुमध्ये कुन विद्यार्थी नेताले स्ववियु सभापतिको उम्मेदवारका लागि अनेरास्ववियुबाट ६ नेतामध्ये कसले सभापतिको उम्मेदवारी दिने अवसर प्राप्त गर्छ त्यो भने हेर्न नै बाँकी छ।
Visited 30 times, 1 visit(s) today
