
काठमाडौँ — प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट लडेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको छ । एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि एकताको वातावरण बनेको हो ।
एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो । नेताहरूका अनुसार भट्टराईले पार्टीको नाममा ‘नेकपा’ पनि हटाउन माग गरेका थिए । तर आफूहरू ‘माओवादी’ हटाउन तयार भएका कारण नेकपा राख्नुपर्ने तर्क दाहालले गरेका थिए । पार्टी एकताको प्राविधिक तयारीका लागि दुवै पार्टीले वार्ता समिति बनाउने सहमति भएको छ । त्यहीअनुसार माओवादीले बृहत् वाम एकताका लागि कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । समितिमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य छन् ।
उनले पछि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी खोले । उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच २०७६ वैशाख २२ मा पार्टी एकता भएको थियो । एकीकृत समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर २०७७ वैशाखमा जनता समाजवादी पार्टी बनेको थियो । तर त्यसमा पनि भट्टराई लामो समय रहन सकेनन् । उनले गत साउनमा आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी बनाएका थिए । आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ दाहालका लागि खाली गरेपछि ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा दाहाल चितवन–३ छाडेर गोरखा पुगेका हुन् ।
एकीकृत समाजवादी र जसपाले त वार्ता समितिसमेत बनाएका छन् । एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले यसअघि नै महासचिव बेदुराम भुसालको नेतृत्वमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेको वार्ता समिति बनाएको हो । ‘हामीले पहिला नै वार्ता टोली बनाएका थियौं । जसपाले पनि बनाएपछि हामीले शनिबार एक चरण छलफल गर्यौं । पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल गर्दै जाऔं भन्नेछ,’ वार्ता संयोजक भुसालले भने ।
समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
Visited 9 times, 1 visit(s) today
