Fast Nepal News

स्ववियुको चुनाव चैत ५ गते गर्न त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद परिषद्द्वारा प्रस्ताव

banner single news
२१ पुष,काठमाडौँ -हिउँदे बिदा‚ फागू पूर्णिमालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्‌मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो । विद्यार्थी संघ/संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गतेका लागि स्ववियुको निर्वाचन गर्ने प्रस्ताव गरेपनि कार्यकारी समितिले प्रस्ताव गरेको छैन। कार्यकारी समितिले अनुमोदन गरेपछि मात्र चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ ।
Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.