Fast Nepal News

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा नेकपा एकिकृत समाजवादीले पुष २६ गते निर्णय लिने

banner single news
२० पुष, काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा तत्काल निर्णय नलिने बताउनुभएको छ।

 

आज युवा संघले नवनिर्वाचित सांसदलाई सम्मान गरेको कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै अहिले गठबन्धनको सरकारलाई पुष २६ गते नै विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिने तर हाल विश्वासको मत दिन्छु कि दिन्न भन्ने विषयमा आफ्नो महत्वपूर्ण अभिव्यक्ति तत्काल नै सार्वजनिक नगर्ने उहाँको धारणा छ।

 

नेकपा एकीकृत समाजवादीले पुष २६ गते नयाँ गठबन्धनलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा चर्चा भएको अवस्थामा नेकपा एकिकृत समाजवादीका अध्यक्षले तत्कालै निर्णय नलिने र पार्टीका नेताहरुसित छलफलको आधारमा अघि बढ्ने बताउनुभएको हो।
Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.