
१९ पुष, काठमाडौँ -राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहालबिच बालुवाटारमा भेटवार्ता भएको छ। राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष र १ सांसदको चुनावको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा कोरला नाकामा भन्सारका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन र पूर्वाधार निर्माण गर्ने विषयमा र राष्ट्रियसभाबाट पारित भएका पाँच वटा विधेयकको विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रहितमा कानून निर्माण गर्नुपर्ने र मन्त्रालय नबढाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै अभिव्यक्ति दिनुभएका राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज प्रधानमन्त्रीसँग भेटवार्ता गरी राजनीतिक, सामायिक र कानूनी जटिलताको समस्या समाधान गर्ने विषयमा छलफल गर्नुभएको हो।
Visited 14 times, 1 visit(s) today
