Fast Nepal News

नेपाली कांग्रेस बीपीको बिराेध प्रर्दशन

banner single news

२० कार्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको सुरक्षाका नाममा सरकारले ज्यादती गर्न थालेकाे छ । नेपाली कांग्रेस बीपीका महामन्त्री शुशीलमान शेरचनका ड्राइभर र गाडीसमेत घरबाटै पक्राउ गरेर महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लिएर राखेको छ । जाे बिराेध प्रर्दशनमा सहभागी नै छैनन् तिनलाई किन प्रक्राउ गरिएकाे हाे भन्ने खुलेकाे छैन् ।

नेपालको सीमा मिचेर भारतीय सेना खटाउने नरवाणेविरुद्ध कांग्रेस बीपीले हिजाे र आज लगातार कालो झण्डा देखाएको थियो । शीतलनिवास जाने क्रममा कालोझण्डा देखाएपछि इन्सपेक्टरको नेतृत्वमा गएको १२ जनाको प्रहरी टोलीले महामन्त्री शेरचनकाे घर घेरा हाली उनका ड्राइभर र गाडीलाई समेत पक्राउ गरेर महाराजगञ्जमा ल्याएर राखेको हो ।
पक्राउ परेकाहरुलाई भेटन जाने क्रममा कार्यलय सचिव सुशीलराज वाग्लेलाई पनि विना कारण नियन्त्रणमा राखेको थियो । सो क्रममा चौकीमा पुगेका अन्य नेताकार्यकर्ताहरुले आन्दोलनमा सहभागी नभएको व्यक्ति र घरमै भएको गाडी र ड्राइभरलाई किन नियन्त्रणमा लिगियो भनि विरोध गरे पछि ड्राइभरलाई बिना सर्त तथा कार्यलय सचीव वाग्लेलाई शुक्रबार बिहान ९:०० बजे चौकी उपस्थित हुने गरि रिहाई गरेको छ । उक्ता महामन्त्रीको गाडी, महामन्त्री र नुवाकोट सभापतिलाई भने नियन्त्रणमा नै राखेको छ ।

नेपालको सीमा कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धि विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष नरवाणेकाे नेपाल भ्रमणको विरोधमा कांग्रेस बीपीले हिजो पशुपतिनाथ मन्दिर परिसरमा पनि कालो झण्डा देखाएको थियो ।

महामन्त्री पुष्पराज पराजुलीको नेतृत्वमा हिजो र आज राष्ट्रपति कार्यालयमा नेपाली सेनाकाे मानार्थ महारथीको पदवी लिन जाँदै गर्दा महामन्त्री सुशीलमान शेरचनको नेतृत्वमा राष्ट्रपति कार्यालय अगाडी कालो झन्डासहित प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

Inside Article Ads

राष्ट्रपति कार्यालयको उत्तर साइडको पर्खालबाट नेविसंघ बीपीका महामन्त्री विकाश पाण्डेको नेतृत्वमा रहेकको समुहले वेलुनामा कालो झण्डा र पार्टीको झण्डा उडाएर विरोध गरेका थिए । सोही क्रममा पार्टीका महामन्त्री तथा पुर्वमन्त्री सुशीलमान शेरचन र केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङलाई पक्राउ गरि महारागञ्ज चक्रपथ वृतमा राखिएको छ । नेपालीमाथि धावा बोल्ने नरवाणेको विरोध गर्दा आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै कांग्रेस बीपीले आपत्ति जनाएको हो ।

कालो झण्डा देखाएकै भरमा नेताहरुलाई पक्राउ गर्नुले सरकारले भारतसँगको लम्पसारवाद प्रमाणित गरेको कांग्रेस बीपीको आरोप छ । साथै उसले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न पनि माग गरेको छ । पार्टी कार्यालय सचिव शुशीलराज वाग्लेद्धारा हस्ताक्षरित विज्ञप्तीमा पक्राउ परेका कार्यकर्तालाई नछाडे कडा भन्दा कडा आन्दोलन थाल्ने चेतावनी पनि कांग्रेस बीपीले दिएको छ ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.