Fast Nepal News

नयाँ मन्त्रिपरिषद् विस्तार सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने

banner single news
१३ पुष, काठमाडौँ -प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार निर्माण भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल निर्माण भएको भएपनि त्यसले पूर्णता पाउन सकेको अवस्था छैन।
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ मन्त्रीपरिषद् गठन भएको नयाँ मन्त्रिपरिषद्मा पुष्पकमल दाहालसहित उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा रवि लामिछाने, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ।
मन्त्रीका रुपमा एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खान नियुक्त हुनुभएको छ। नियुक्त भएका मन्त्रीहरुको मन्त्रालय तोकेको छैन। पुष्पकमल दाहालको नेतृत्वमा बन्ने नयाँ मन्त्रिपरिषद् र सो मातहतका मन्त्रीपरिषद् विस्तार गर्ने काम सरकारले विश्वासको मत लिएपछि हुने भएको छ।
आज नवगठित गठबन्धनका दुई शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच खुमलटारमा भएको भेटवार्ताले सरकारले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्ड निवास स्रोतले जनाएको छ।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.