
११ पुष, काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ मन्त्रीपरिषद् गठन भएको छ। नयाँ मन्त्रिपरिषद्को अध्यक्षमा पुष्पकमल दाहालसहित उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा रवि लामिछाने, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ।

मन्त्रीका रुपमा एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खान नियुक्त हुनुभएको छ। नियुक्त भएका मन्त्रीहरुको मन्त्रालय तोक्न भने बाँकी नै छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा भएको ८ सदस्यीय मन्त्रिपरिषद्को बैठक आज दिउँसो ६.३० बजे बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
Visited 14 times, 1 visit(s) today
