Fast Nepal News

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीका शीर्ष २ नेताहरुको प्रधानमन्त्री पदमा दाबी गर्ने अडान कायमै

banner single news
९ पुष, काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफू पहिलो चरणमा प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानबाट पछि हटेको छैन।
कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट गर्दै प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्न आफूलाई सघाउन समेत नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।तर नेपाली कांग्रेसका शीर्ष नेताहरु भने आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने दाबी गरिरहेका छन्। राष्ट्रपतिले सरकार आह्वानको लागि ७ दिनको समय सकिन्न लाग्दा पनि गठबन्धनको नेताहरु संसदीय दलको नेता प्रधानमन्त्री बन्ने दौडधुपमा व्यस्त देखिन्छन्। सत्ता गठबन्धनको नेतृत्वमा रहेका दुई पार्टीको शीर्ष नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रधानमन्त्रीको दौडमा लागेका छन्।
नेकपा माओवादीले अहिले सत्ता गठबन्धनको नेतृत्वको सरकार चलाउन प्रधानमन्त्रीमा पुष्पकमल दाहाल हुनु स्वाभाविक रहेको दाबी गरिरहेको छ।तर प्रधानमन्त्री पद नछोडेमा सत्ता गठबन्धन विभाजनको संघारमा जाने संकेत पनि देखिएको छ।अब देशमा कुन सत्ता गठबन्धनमा दुई नेताहरुमध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री बन्छ त्यो भने हेर्न नै बाँकी छ।
Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.