Fast Nepal News

गठबन्धन मिलेर अघि बढ्नुपर्ने कांग्रेसका महामन्त्री शर्माको भनाई

banner single news
५ पुष, काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र, संविधानको रक्षा गर्नका लागि उभिएको गठबन्धनको नेतृत्वले सत्ताको लोभमा नयाँ गठबन्धन निर्माण गर्न नहुने बताउनुभएको छ। प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले सरकारको जिम्मेवारी बाँडफाँडको विषयमा छलफल गरी मिलेर सरकार निर्माण गर्नुपर्ने समेत उहाँको भनाई छ ।
प्रतिगामी शक्तिको अन्त्य गर्न जसरी गठबन्धन भएको थियो त्यहीँ अनुरुप नेपालको संविधान र लोकतन्त्रको रक्षा गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। ५७ सिटसहित प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेपनि बहुमत नपुग्दा सत्ता गठबन्धन कायम गरी अघि बढ्नुपर्ने शर्माले बताउनुभयो।
Inside Article Ads
Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.