
५ पुष, काठमाडौँ -नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सांसद प्रशिक्षित भेला आयोजना आज गर्दैछ। भेला आयोजनामा नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा र नेकपा एमालेका निर्वाचनमा पराजित उम्मेदवारलाई समेत निमन्त्रणा गरिएको छ।
प्रतिनिधिसभा सदस्य प्रशिक्षित भेला आयोजना कमलादीस्थित प्रज्ञा भवनमा हुने भएको छ। भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।
